ताजा समाचार

श्रम शक्तिको निर्यात होइन, स्वदेशमै उपयोग गर्ने नीतिमा जान ढिलाई भइसक्यो : वर्षमान पुन

काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले श्रम शक्तिको निर्यात नभई श्रम शक्तिको स्वदेशमै उपयोग गर्ने नीतिमा जान ढिलाई भइसकेको बताएका छन्।

उनले देशमै अवसर सिर्जना गरी योग्य श्रमशक्ति पलायनको चक्रलाई रोक्नुपर्ने बताएका हुन्।

माओवादी केन्द्रका उपमहासचिव पुनले औद्योगीकरणमार्फत रोजगारी सिर्जना गरेर कामका लागि युवा विदेशिने क्रम रोक्नुपर्ने बताए। ‘औद्योगिकीकरणमार्फत उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने कार्यक्रममा जोड दिनुपर्छ।’ बुधबार मुलुकको आर्थिक विकासको मोडल र विकास कार्यक्रममा पुनले भने,‘श्रम शक्तिको निर्यात होइन, श्रमशक्तिको स्वदेशमै उपयोग गर्ने नीतिमा जान ढिलाई भइसकेको छ।’

पुनले कमजोर व्यवस्थापन, सुशासनको अभाव, उपयुक्त नीति र अनुगमनको अभावमा धरासायी बन्दै गएका सार्वजनिक संस्थान बचाउन सरकारको ध्यान जानुपर्ने उल्लेख गरे। पुनले नेपालमा केही पनि हुँदैन भन्ने गलत भाष्य स्थापित हुन खोजेको भन्दै गरे के हुँदैन भन्ने आत्मविश्वास जगाउन ज?री रहेको बताए।

आफू अर्थमन्त्री भएका बेला समस्याग्रस्त अवस्थामा रहेका सरकारी स्वामित्वका नेपाल बैंक, कृषि विकास बैंक र बाणिज्य बैंकलाई बचाउन भूमिका खेलेको स्मरण उनले गरे।

‘हिजो सरकारमा हुँदा पनि हामीले सस्तो लोकप्रियताका लागि धेरै हल्लाखल्ला नगरी धरासायी भएका सरकारी स्वामित्वका तीनवटा बैंकको पुँजीवृद्धि गरी निजी क्षेत्रका बैंकसँगै प्रतिस्पर्धी बनाएको र वायुसेवा निगम जोगाएको अनुभव छ’, पुनले भने, ‘अहिले पनि कमजोर व्यवस्थापनमा चलेका सार्वजनिक संस्थानह?लाई बचाउन केही न केही नयाँ नीतिमा हामी जानैपर्छ।’

उनले स्वदेशमै पर्याप्त रोगजारीको अवसर वृद्धि नगरी समाजवादमा जान सम्भव नरहेको स्पष्ट गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org