ताजा समाचार

सदनको अवरोध हटाउन सभामुखले प्रधानमन्त्रीसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउन प्रधानमन्त्रीसँग छलफल गर्ने भएका छन् ।

घिमिरेले बिहान ९ बजे बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न लागेका हुन् ।

सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि पाँचपटक छलफल गरिसकेका छन् ।

सुन तस्करी प्रकरणमा सरकारकै संलग्नता रहेको भन्दै उच्चस्तरीय छानबिन समितिको दबाबसहित प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर सदन अवरोध गरिरहेको छ । सरकार सीआईबीबाटै छानबिन हुनुपर्ने अडानमा छ । जसका कारण प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org