ताजा समाचार

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ आज

काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ आज (सोमबार) हुने भएको छ।

संसदीय सुनुवाइ विशेष समितिले सोमबार पहिले उजुरीकर्तासँग छलफल गर्ने छ। उजुरीकर्तासँगको छलफलपछि श्रेष्ठसँग छलफल हुनेछ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग समितिले सोमबार बिहान १०:३० बजे छलफल गर्नेछ। उजुरीकर्तासँगको छलफल सकिएपछि श्रेष्ठसँग छलफल गर्ने तय भएको छ।

समितिले श्रेष्ठसँग बिहान ११:३० बजे छलफल गर्ने गरी समय निर्धारण गरेको छ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध ईमेलबाट २ वटा र पत्रमार्फत् एउटा उजुरी परेका छन्। ईमेलबाट उजुरी दिएकाहरु सम्पर्कमा नआएकाले पत्रमार्फत् उजुरी दिने १ जना उजुरीकर्तासँग मात्रै छलफल हुने भएको सुनुवाइ समितिका सचिव पद्म पाण्डेले जानकारी दिए।

गत साउन १८ गते बसेको संवैधानिक परिषद्‌को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। संसदीय सुनुवाइबाट अनुमोदन भएमा राष्ट्रपतिले श्रेष्ठलाई नेपालको प्रधानन्यायाधीश नियुक्त गर्नेछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org