ताजा समाचार

भारतको चन्द्रयान–३ आज चन्द्रमाको सतहमा आज अवतरण हुदै

काठमाण्डौं ।भारतको चन्द्रयान–३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इश्रोले बताए अनुसार चन्द्रयान आज अवतरण हुन लागेको हो । उक्त चन्द्गमा मिसनका लागि भारतले जुलाई १४ मा अन्तरिक्ष यान पठाएको थियो ।

इश्रोका अनुसनर आज साँझ भारतको स्थानीय समयअनुसार ६ बजेर ४ मिनेटमा अवतरण हुनेछ ।

उक्त अवतरणलाई प्रत्यक्ष प्रसारण पनि गरिने छ । भने अवतरणको प्रत्यक्ष प्रसारण युटुबमा पनि हेर्न सकिने छ । इश्रोका अनुसार अवतरणको भन्दा आधा घण्टा अघि ५ बवेर २७ मिनेटदेखि लाइभ हेर्न सकिने छ ।

भारतले यस अघि पनि चन्द्र यानको परिक्षण गरेको थियो तर उक्त मिसन सफल भएको थिएन् । चन्द्रयान २ नामाकरण गरिएको उक्त चन्द्रयान भारतले सन् २०१९मा परीक्षण गरेको थियो तर अवतरण हुन सकेको थिएन ।

अहिले सम्म अमेरिका,रुस, चिनले मात्रै चन्द्रमामा अन्तरिक्ष यान पठाउन सफल भएका छन् ।यदि भारतको आजको यो मिसन अवतरण हुन सके भारत दक्षिण एसियाको पहिलो र संसारको चौथो मुलुक बन्ने छ ।
इश्रोका अनुसार यान आज ६ बजेर ४ मिनेटमा अवतरण हुने अनुमान गरिएको छ यदि प्राविधिक समस्या आए ल्यान्डिंग समयलाई अगस्ट २७ मा पुर्‍याइने समेत इश्रोले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org