ताजा समाचार

अनियमितता लुकाउन सामाजिक सद्भाव खल्बल्याउन खोजिएको रवि लामिछानेको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सद्भाव खल्बल्याएर अनियमितता लुकाउने प्रयास भइरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोशी प्रदेशमा सामाजिक द्वन्द्व भड्काएर अनियमितता ढाकछोप गर्ने काम भइरहेको भन्दै सचेत हुनुपर्ने बताएका हुन् ।

‘आज जातीय सद्भाव भड्काउन पाइयो भने त भ्रष्टाचारका यत्रा काण्डहरु सामसुम, थामथुम हुन्छन् भनेर त्यतातिर तपाईंलाई आगो झोसिरहेका छन्, खबरदार । यो आगोमा म पेट्रोल मट्टितेल हाल्दिन’, उनले भने, ‘एक अर्काको आस्था र विश्वासमा आँच आउने कार्य हामी कसैले गर्नुहुँदैन ।

सद्भाव खल्बल्याएर त्यसबाट राजनीतिको रोटी सेक्ने कुरा कसैले पनि गर्नु हुँदैन ।’सभापति लामिछानेले अहिले सबै एकजुट भइ गरिबी, बेरोजगारी र अशिक्षारुपी शत्रुलाई हटाउनुपर्ने बेला रहेको उल्लेख गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org