ताजा समाचार

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लापिमछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ ।

नाबालिग परिवर्तित नाम गौशाला २६ (छ)लाई  जबरजस्ती करणीे अभियोगमा परेको लामिछानेविरुद्धको मुद्दामा यस अघि नै निरन्तर सुनुवाइ हुने भनिएको थियो । तर, लामिछानेले गौशाला २६ नाबालिग नभएको भन्दै ०६१ जेठको जन्मदर्ता कागज पेस गरेका थिए ।

त्यो कागजसँग उनकी आमाको उमेर पत्याउनै नसकिने देखिएको भन्दै आमाको उमेर एकीन गर्ने आर्देश न्यायाधीश राजुकुमार खतिवडाको इजलासले गरको थियो । तर, सन्दिपले पेस गरेको जन्मदर्ता कागज नै किर्ते भेटिएपछि सुनुवाइ प्रक्रिया अघि बढ्न लागेको हो ।

सन्दीपले भने आफूलाई खेल समर्थकले दिएको कागज बुझाएको भनेर किर्ते प्रकरणबाट जोगिने प्रयास गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org