एसिया कपः उद्घाटन समारोहमा त्रिशाला गुरुङले प्रस्तुति दिने
काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताको १६ औँ संस्करण बुधवारदेखि पाकिस्तानमा सुरु हुँन लागेको छ । नेपाली समय अनुसार ३ः१५ बजेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाकिस्तानले पहिलो पटक एसिया कप खेलिरहेको नेपालको सामना गर्दैछ ।
उद्घाटन खेल सुरु हुनु अघि पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा प्रतियोगिताको उद्घाटन समारोह हुनेछ । उद्घाटन समारोह नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुने बताइएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा पाकिस्तान र नेपालका एक–एकजना गायिकाले आफ्नो प्रस्तुति दिन पीसीबीले जनाएको छ । उद्घाटन समारोहमा नेपाली गायिका त्रिशाला गुरुङ र पाकिस्तानी गायिका आइमा बेगले प्रस्तुति दिने भएका छन् ।
आइमा पाकिस्तानकी चर्चित गायिका हुन् । इन्स्टाग्राममा उनको ६० लाखभन्दा बढी फलोअर रहेका छन् । नेपाली गायिकाका त्रिशालाको भने इन्स्टाग्राममा दुई लाख ३९ हजार फलोअर रहेका छन् । यसका अतिरिक्त अन्य केही कलाकारले पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने पीसीबीले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष रोजर बिनी र उपाध्यक्ष राजिव शुक्ला पनि उपस्थित हुने पीसीबीले जनाएको छ । पीसीबीले उद्घाटन समारोहमा अतिथिका रूपमा बीसीसीआईका सचिव जय शाहलाई पनि निम्तो पठाएको थियो । तर, एसियाली क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्षसमेत रहेका शाह भने उद्घाटन समारोहमा उपस्थित हुने छैनन् ।
एसिया कपमा ६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल र पाकिस्तानसँगै भारत पनि रहेको छ । समूह ‘बी’ मा भने श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । पाकिस्तानका अतिरिक्त एसिया कपका खेलहरू श्रीलंकामा पनि खेलाइने छ ।
Comments
अरु समाचार
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । अरुण जेटली स्टेडियममा भएको खेलमा...