ताजा समाचार

नवजात शिशु मृत फेला

काठमाडौं । सप्तरीको राजविराजमा आज सालनालसहितको नवजात शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राजविराज–हनुमानगर सडक खण्डअन्तर्गत भलुवाही खोलामा छोरा जातको नवजात शिशु मृत फेला परेको कार्यालयका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान भलुवाही पुलमुनी सालनालसहितको शिशुलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृत फेला परेका शिशुको घटनाबारे सुक्ष्म अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org