ताजा समाचार

रास्वपाले आजदेखि मधेस प्रदेशमा विशेष प्रशिक्षण आयोजना गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि मधेस प्रदेशमा विशेष प्रशिक्षण आयोजना चलाउने भएको छ । आज र भोलि सञ्चालन हुने प्रशिक्षणमा पार्टीको नीति तथा कार्यक्रम, कार्यदिशा, सिद्धान्त र दृष्टिकोणसहित समसामयिक राजनीतिक विषयमा उक्त प्रशिक्षण हुनेछ ।

देशैभरी प्रदेश स्तरीय प्रशिक्षण सञ्चालन गरिरहेको रास्वपाले आजबाट मधेसमा दुई दिने प्रशिक्षण भेलाको आयोजना गर्न लागेका उपसभापति डिपी अर्यालले जानकारी दिए ।

मधेसमा हुने प्रशिक्षणमा पार्टी सभापति रवि लामिछाने, प्रशिक्षण विभाग प्रमुख अनील केशरी शाहलगायतले सम्बोधन गर्नेछन् । मधेस प्रदेशको प्रशिक्षण पछि रास्वपाले बाग्मती प्रदेशमा प्रशिक्षण गर्नेछ । जसका लागि भदौ २२ र २३ गतेको मिति तय गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org