यातायात व्यवस्था विभागले केही महिनादेखि लाईसेन्स छपाई बन्द गर्दा सेवाग्रही समस्यामा
काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण यसै पनि अति सुस्त छ, त्यसपछि यातायात व्यावस्था विभागले केही महिनादेखि लाईसेन्स छपाई बन्द गरेको छ । कार्ड अभाव रहेको जनाउदै विभागले विदेश जानेलाई अत्यावश्यक परेको अवस्थामा मात्र लाईसेन्स छापिरहेको छ । गत वर्ष भदौयता प्रक्रिया पूरा गरेका सेवाग्रहीका लागि लाईसेन्स छपाइ हुन्छ भन्ने टुंगो छैन् ।साढे ११ लाख सेवाग्राहीले लाइसेन्स कुरिरहेका बेला यसरी छपाई नै बन्द हुने अवस्था आउनु विभागको गम्भीर लापरबाही देखिन्छ ।
विभागले २०७२ साल देखी स्मार्ट लाईसेन्स वितरण गरिरहेको छ, तर सेवा भने सुरुदेखी नै सुस्त छ। अहिले विभागसँग दिनमा ४४ सय स्थान कार्ड प्रिन्ट गर्ने क्षमताको एउटा मेसीन छ , जबकि दिनमै ६ हजार देखी ७ हजार स्थानसम्मको माग छ । मेसिनको क्षमताभन्दा बढी लाइसेन्स मागका कारण गत वर्ष भदौअघिसम्म प्रक्रिया पूरा गरेको सेवाग्रहीको मात्रा लाइसेन्स छापिएको छ । त्यसयतको छपाई दुई महिनायत बन्द छ । छपाइ तत्काल सुरु भइहाल्ने सम्भावना पनि देखिँदैन ।
विभागले लाइसेन्सका लागि पर्याप्त कार्ड र थप छपाइ मेसिनको प्रबन्ध गर्न नसक्दा अहिले समस्या आएको छ । जर्मन कम्पनी म्युहलबअर आईडी सर्भिस जिएमबिचले सम्झौता अनुसार कार्ड उपलब्ध नगराएपछि छपाइ प्रभावित भएको विभागको भनाई छ । उक्त कम्पनीले जेठ भित्र १२ लाख थान कार्ड उपलब्ध गराउने गरी १९ करोड ८८ लाख १४ हजार रुपैयाँको ठेक्का सम्झौता गत फागुन १० मा भएको थियो । जर्मन कम्पनीले अहिलेसम्म एक थान कार्ड पनि आपूर्ती गरेको छैन् । उसले कार्ड ल्याए पनि यसअघि प्रक्रिया पूरा भएका सेवाग्राहीका लागि मात्र ठिक्क हुन्छ । नयाँ सेवाग्राहीका लागि कार्ड आपूर्ती गर्ने प्रक्रिया सुरु भएको छैन् । समयमै कार्ड आपूर्ती नहुने, छपाई ढिला हुने समस्या स्मार्ट लाइसेन्स सुरुहुँदा देखिकै हो, यतिका वर्ष बितिसक्दा पनि उही समस्या भइरहनुले लज्जाजनक छ । तत्कालका लागि मात्र नभएर, दीर्घकालीनकै लागि योजना बनाएर विभागले कार्ड आपूर्ती प्रक्रिया जतिसक्दो छिटो अघि बढाउनु आवश्यक छ ।
सवारीलाईसेन्स वितरणलाई छिटोछरितो बनाउन यातायात व्यावस्था विभाग कहिलै गम्भीर देखिएको छैन्, सम्बन्धित मन्त्रालय र मन्त्रीले पनि प्रथमिकताका साथ चासो दिएको पाइँदैन उल्टै ठेक्का प्रक्रियालाई सहज बनाउन सहयोग गर्नुको सटो मन्त्रालयले हस्तक्षेप गरेको गुनासो उल्टै विभागकै पूर्वमहानिर्देशकले लगाएकाछन् । नयाँ मेसिन खरिदका लागि तिन पटक ठेक्का आवहन भए पनि तिनै पटक रद्द भयो । राष्ट्रिय स्तरमा बोलपत्र आवह्न गर्दा कसैको नपरेको र अन्तराष्ट्रिय आह्वान बोलपत्र परेपनि प्रविधिक रुपमा असफल भएको विभागको भनाई छ । प्रिन्टीङ मेसिन खरिदका लागि यसअघि गरिएका बोलपत्र आह्वान किन कम्पनीहरुले चासो दिएनन्, आवेदन दिएकाहरु पनि किन छनोट भएनन् भन्ने विषय केलाएर विभागले नयाँ मेसिन खरिद प्रक्रिया तत्काल अघि बढाउनुपर्छ ।
सवारीचालकहरुका लागि लाइसेन्स अत्यावश्यक सामाग्री हो । अहिले नयाँ लाइसेन्स लिने वा नविकरण गर्ने प्रक्रिया पूरा गरेर राजस्व तिरेपछि विभाग अन्तर्गतका कार्यलयहरुले दिने रसिद बोकेर हिँड्नु परिरहहेको छ । त्यस्तो रसिद पुरानो भएर च्यातिइसक्दा पनि लाइसेन्स हातमा पर्दैन । यस्तो ढलासुस्ती बाट लाखौ सेवाग्राहि प्रभावित छन् । लाइसेन्सको समस्या विकराल बनिरहँदा विभाग भने तीन साताभन्दा बढी समयदेखी निमित्त नेतृत्वमा छ । ०७९ फागुन २६ देखिका महानिर्देशक नारायणप्रशाद भट्टराई साउन २३ मा सरुवा भएपछि अर्को महानिर्देशक पठार्ईएको छैन् । सरकारले विभागको नेतृत्वलाई कति अस्थिर बनाएको छ भने एक वर्षमा पाँच पटकसम्म महानिर्देशक फेरिएका छन् । यति छोटो समयमा महानिर्देशकले विभागको वस्तुस्थिति नै बुझिसकेको छन् । विभागको पूर्वाधार व्यवस्थापन लगायतका कामकारबाहीमै असर पर्ने गरी यसरी नेतृत्व चलाइरहने प्रवृत्ति सरकारले बन्द गर्नुपर्छ ।
सरकारी कार्यालयहरुमा सेवा प्रवाह ढिला हँदा नै अनियमितता र बिचौलिया पनि बढ्ने हो । भ्रष्ट्रचार मुद्दा खेप्नेमा यातायात कार्यलयका कर्मचारीहरुको संख्या उल्लेख्य हुनुले पनि यसको संकेत गर्छ । त्यसैले सुशासनका लागि समेत आवश्यक छपाइ मेसिन, जनशक्ति लागायतका पूर्वाधारहरु जतिसक्दो छिटो व्यवस्था गरेर लाइसेन्स वितरण प्रक्रियालाई छिटोछरितो बनाउन यातायात व्यवस्था विभाग र सम्बन्धीत मन्त्रालयले ध्यान दिनुपर्छ ।
Comments
अरु समाचार
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...












