ताजा समाचार

कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडाैँ । मलेसियामा जारी आइसीसी महिला टी २० विश्वकप एसिया क्षेत्र छनोट खेलमा नेपालले कतारलाई हराएको छ ।

कतारलाई ९ विकेटले हराउँदै नेपाल समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको हो ।

कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभर खेल्दै एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाइन् । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रनमा अल आउट भएको थियो ।

नेपालकी इन्दू बर्माले उत्कृष्ट बलिङ गरिन् । इन्दुले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । नेपालका लागिपूजा महतो र कविता जोशीले थप एक एक विकेट लिए । नेपालले अब समूहको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ । उक्त खेल समूह विजेता बन्न निर्णायक बन्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org