ताजा समाचार

बनावटी कागजकै भरमा हजारौं टन मलको भन्सार पास

काठमाडौं। मल उत्पादन भएकै मुलुकको सक्कल कागज नभए पनि सेटिङमा ल्याइने रासायनिक मल बनावटी कागजकै भरमा भन्सारमा पास हुने गरेको पाइएको छ । सरकारको सम्बन्धित मन्त्रालय र विभागको दबाब अनि कर्मचारी झुक्कीने दुरुस्त बनावटी कागजका कारण भन्सार कार्यालय पनि नतमस्तक हुने गरेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले आयात गरेको रासायनिक मल भन्सारमा लामो समय जाममा नपर्ने कारण पनि सबै सेटिङकै कारण फास्ट ट्रयाकमा हुने गरेको भेटिएको छ । मल ल्याउने कम्पनी आइपिएलसहितको सेटिङमा मल ल्याउँदा–ल्याउँदै जाँचपास हुने गरेको प्रत्यक्षदर्शीले समेत बताए ।

अझ यसपटकको मल गुणस्तरमा समेत कैफियत रहेको खुलेको छ । गाडिमा मल लोड गरेको ठाउँबाट तपतपी पानी चुहिएको फेला परेको छ । साल्ट ट्रेडिङ ल्याएको मल प्रायजसो जहाजको लोट–पोट सर्टिफिकेट नखोतली छोड्न बाध्य हुनेसम्म रहस्योद्घाटन भएको छ । पछिल्लो समय यस्तै सूचना आई पर्साका प्रमुख जिल्ला अधिकारीले समेत निगरानी गर्न भन्सारका कर्मचारीलाई भनेकै समयमा पनि साल्ट ट्रेडिङले सेटिङमा ल्याएको २० हजार मेट्रिकटन युरिया मल जाँचपास भइसकेको तथ्य पनि भेटिएको छ ।

भन्सार जाँच पास गराउँन मल आयात गरिएको कन्ट्री अफ ओरिजिन , एलसी नम्बर उल्लेख आयातित मलको उत्पादन मुलुक, एसजिएसको सक्कल रिपोर्ट, सो मुलुकको च्याम्बर अफ कमर्सले प्रमाणित गरेको सक्कल कागज, क्युआर कोड र लोट–पोटको कागज दुरुस्त हुनुपर्ने हुन्छ । तर यी कागज नै सबै सक्कली नहुने गरेको सूचना मिलेको छ। यी सबै कागजपत्र भारतिय पोटास कम्पनी ९ आइपिएल० सँगको सेटिङमा नक्कली पेस गर्दा १ सय ६५ डलरको मल ४ सय पैतिस देखि ६ सय डलर सम्म पनि कायम गरिने तथ्य सतहमा आएको छ ।

अहिले नेपाल सरकारले साढे ७ अर्ब रुपैयाँको मल ल्याउन जिम्मेवारी दिएको साल्ट ट्रेडिङ आयात गरेको १ लाख ३१ हजार मलमा त्यस्तै कागजातका आधारमा मल उत्पति भएको मुलुक धैरैपटक ओमान उल्लेख गरी आयातमा कैफियत गरेको खुलेको छ । वास्तवमा मल भने इरानको रहेको जहाजमा लोड भएको लोडिङ रिपोर्टले देखाएको छ । यस विषयमा कुरा गर्दा साल्ट टे«डिङका कर्मचारी भने त्यस्तो नभएको भन्दै पन्छिने गरेका छन् । तर यसको प्रमाण भने सुरक्षित छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org