ताजा समाचार

जी–२० सम्मेलन : भारत–मध्यपूर्व–युरोप इकोनोमिक करिडोर घोषणा

एजेन्सि । नयाँदिल्लीमा जी–२० सम्मेलनकै बीच शनिबार भारत–मध्यपूर्व–युरोप इकोनोमिक करिडोर घोषणा भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको उपस्थितिमा भएको घोषणालाई दिल्लीमा ऐतिहासिक र चिनियाँ बिआरआईमाथिको झड्का भनिएको छ । बाइडेनले यो भविष्यमुखी सहकार्य भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

करिडोरअन्तर्गतका परियोजना निर्माण भएमा भविष्यमा भारत, अरेबियन गल्फ र युरोपको सहकार्य ऐतिहासिक हुने बताइएको छ । विज्ञका अनुसार करिडोरअन्तर्गत निर्माण हुने रेल लिंकबाट भारत र युरोपको व्यापार ४० प्रतिशत छिटो हुने सम्भावना छ । एसिया, मध्यपूर्व र युरोपमा स्वच्छ इनर्जी केबल बन्ने जसले भविष्यमा छिटो, छोटो र स्वच्छ ऊर्जा व्यापार हुनेछ । यसलाई ग्लोबल ग्रिन ट्रेड रोड भनिएको छ ।

भूराजनीतिक मामिलाविज्ञ सी राजामोहनले करिडोर घोषणापछि भनेका छन्, ‘यो क्षेत्रमा चिनियाँ बिआरआईको प्रभावलाई चुनौती दिँदै घोषणा भएको ऊर्जा र कनेक्टिभिटी करिडोरले रणनीतिक र आर्थिक तालमेल निर्माण गर्नेछ । यसले १९४७ मा देश विभाजनपछि भारतको उत्तर–पश्चिम विश्वसँग कनेक्टिभिटीको खोजीमा महŒवपूर्ण उपलब्धि हासिल गरेको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org