ताजा समाचार

सरकारलाई ट्रयाकमा ल्याउन प्रचण्ड सरकारको विकल्प खोज्नुपर्छ : शेखर कोइराला

काठमाडौ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताएका छन ।

११०औं बीपी जयन्तीको सन्दर्भमा आइतबार हेटौंडा–११ स्थित नवलपुरमा बीपीको शालिक अनावरण गर्न आइपुगेका कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय र धार्मिक तथा सामाजिक सहिष्णुता भड्काउने प्रकारका अभिव्यक्ति दिएको भन्दै उनले वर्तमान सरकाको विकल्प खोज्नुपर्ने बताएका हुन ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले सामाजिक द्वन्द्व भड्काउने गरी सडक आन्दोलनमा युवाहरू उतार्ने लगायतका अभिव्यक्ति दिएकोमा आपत्ति जनाए । उनले काँग्रेसले सरकारलाई आफ्नो ट्र्याकमा ल्याउन पहल गर्नुपर्ने बताए । ‘काँग्रेसले सरकारको नेतृत्वको परिवर्तन बारे छलफल तथा पहल अघि बढाउनपर्छ’,उनले भने ।

उनले वर्तमान सरकार भइराखेमा देश अप्ठ्यारो स्थितमा पुग्ने दाबी समेत गर्नुभयो। काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुनुपर्ने उनकाे भनाइ थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org