प्रचण्डको रोहबरमा अखिल क्रान्तिकारीको विवाद मिल्यो
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको करिब दुई वर्षदेखिको विवाद समाधान भएको छ ।
अध्यक्ष प्रचण्डसहितको उपस्थितिमा भएको छलफलपछि विवाद समाधान भएको विद्यार्थी इन्चार्ज हिमाल शर्माले बताए । यो सहमतिसँगै पवन कार्की नेतृत्वको समानान्तर समिति पनि महाधिवेशन आयोजक कमिटीमा रूपान्तरित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारको छलफलमा सहभागी भएका नेताका अनुसार रञ्जित तामाङ नेतृत्वको आयोजक कमिटीका सदस्यहरू सबै पदाधिकारी बन्ने र अहिलेका पदाधिकारी कायमै रहने गरी महाधिवेशन आयोजक कमिटी गठन हुने भएको छ ।
पन्चा सिंहकै नेतृत्वको आयोजक कमिटीमा करिब २ सय पदाधिकारी र त्यसको तेब्बर अर्थात् ६ सय सदस्यभन्दा बढी रहेको आयोजक कमिटी बन्ने भएको छ । हाल ४१ पदाधिकारी रहेकोमा रञ्जित तामाङ नेतृत्वको आयोजक कमिटीका सदस्य पदाधिकारी बन्दा यो संख्या ठूलो हुनेछ ।
महाधिवेशनमा नेतृत्वले जबर्जस्ती पदाधिकारी चयन गरेको भन्दै पवन कार्की नेतृत्वमा अखिल क्रान्तिकारीको समानान्तर केन्द्रीय कमिटी क्रियाशील थियो । पार्टीभित्रकै नेताहरूको समेत पवन कार्कीलाई समेत समर्थन रहेकाले नेतृत्वले उनीहरूमाथि कारबाही समेत गर्न सकेको थिएन । अब आयोजक कमिटीमा सबैलाई समेटेर महाधिवेशनमा जाने सहमति भएको हो ।
प्रधानमन्त्रीको रोहबरमा भएको सहमतिको बेला जनवर्गीय संगठन इन्चार्ज पम्फा भुसाल,उपमहासचिव वर्षमान पुन,विद्यार्थी इन्चार्ज हिमाल शर्मालगायतका नेताहरूको समेत उपस्थित थिए ।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...