ताजा समाचार

माधव नेपालले भने- व्याख्यात्मक टिप्पणी गरेर एमसीसीमा नेपालको हात माथि पर्यो

विराटनगर । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले व्याख्यात्मक टिप्पणी गरेर एमसीसीमा नेपालको हात माथि परेको जिकिर गरेका छन् । उनले कुनै पनि योजना आयोजना नेपालको हितमा हुनुपर्ने भन्दै व्याख्यात्मक टिप्पणीले एमसीसीमा नेपालको हात माथि भएको बताए ।

विराटनगरमा समाजवादी मोर्चाले गरेको सन्देश सभामा बोल्दै समाजवादी मोर्चा जनताको समस्यालाई केन्द्रमा राख्ने बताए । उनले आफुहरु मिसन समाजवादमा लागेको बताए ।

उनले ४ वटा पार्टी मिलेर मिसन समाजवाद लिएर मेचीदेखि महाकालीको यात्रामा लागेको बताए । समाजमा आशाको सन्चार गर चाहेको बताए। एकथरी हरुले अध्यारोको सन्चार पनि गर्न खोजेको बताए । प्रतिगामी शक्तीहरुले इतिहासलाई पछाडि धकेल्न खोजेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org