ताजा समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, शोक प्रस्ताव प्रस्तुत हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

संसद् भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा संविधानसभा अध्यक्ष, पूर्वसभामुख, सांसद तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको मृत्यु भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा सभामुख देवराज घिमिरेले नेम्वाङको शोक प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org