ताजा समाचार

प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो संसद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि न्युयोर्कतर्फ प्रस्थान गर्नुअघि प्रधानमन्त्री दाहालले आज सोही विषयमा जानकारी दिन प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्न लाग्नुभएको हो ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे डाकिएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने र एमाले सांसद सुवास नेम्वाङको निधनपछि इलाम क्षेत्र नम्बर २ रिक्त भएको जानकारी गराउने कार्यसूची छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org