ताजा समाचार

नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजमा इन्जिन जडान, शुक्रबारबाट नियमित उडान

काठमाडौं। नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजमा भाडाको इन्जिन जडान गरिएको छ।

नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजमा इन्जिन जडान गरेपछि शुक्रबारदेखि नियमित उडान हुने भएकाे छ।

शुक्रबार यात्रुसहित दुबई-काठमाडौं उडान हुने निगमले जनाएको छ। ‘तालिका अनुसार जहाज भोलि आइपुग्ने हो। इन्जिन हालिसकेको छ। पावर रन अप गर्न बाँकी छ,’ निगमका एक कर्मचारीले भने,’इजरायलको स्थानीय समय अनुसार राती १०:०० बजे उडान हुनेछ।’

जहाजको लिज र मर्मतसंभारको जिम्मा इजरायल एरोस्पेश इन्डस्ट्रीलाई दिइएको थियो। ठेक्का पाएको कम्पनीले निगमको जहाज मर्मत संभार प्रक्रिया अगाडि बढाएको हो।

निगमले जहाजको इन्जिन मर्मतका लागि कम्तीमा पनि तीन महीना समय लाग्ने जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org