ताजा समाचार

एमाले बागमती प्रदेश अधिवेशन: बन्दसत्र सुरु हुँदै

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ।

अहिले केहीबेरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने बन्दसत्रमा राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।

अधिवेशनमा बागमती प्रदेश अन्तर्गत १३ जिल्लाबाट झण्डै १२ सय प्रतिनिधि सहभागी भएका छन्। अधिवेशनले पाँच पदाधिकारीसहित २ सय ४० सदस्यीय समिति चयन गर्नेछ।

आज हुने बन्द सत्रमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिने र सहमति हुनै नसकेको अवस्थामा मात्रै भोलि निर्वाचन गर्ने बागमति प्रदेश इन्चार्ज गुरु बरालले जानकारी दिए।

अध्यक्षका लागि केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, वर्तमान प्रदेश अध्यक्ष केशवराज पाण्डे, पूर्वसांसद कृष्णभक्त पोखरेललगायतका नेताहरुले दाबी गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org