ताजा समाचार

नारायणी नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता

काठमाडौंं । पवित्र तिर्थस्थल देवघाट आएका दुई युवक नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा भारत आसाम घर भई धनगढीस्थित लक्ष्मिनारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत १९ वर्षे भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने वर्ष १७ को पंकज दाहाल रहेको प्रहरीले जनाएको छ ।

आज बिहान करिब ७ बजेतिर उनिहरु बेपत्ता भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

धनगढी उपमहानगरपालिका र लक्ष्मी नारायण मन्दिरको संयुक्त आयोजनामा आएका उनीहरु देवघाट आएका थिए । नदीमा नुहाउने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट देवघाट र वडा प्रहरी कार्यालय नारायणगढबाको टोली खटिएको थियो ।

प्रहरी टोलीले बेपत्ता भएकाको खोजी गरिरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org