ताजा समाचार

चाडपर्वलाई लक्षित गर्दै सरकारले बजार अनुगमन प्रभावकारी बनाउने

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै सरकारले बजार अनुगमन प्रभावकारी बनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यबाहक प्रधानमन्त्री पुर्णबहादुर खड्काको विशेष उपस्थितिमा आज (शुक्रबार) बसेको बैठकले बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

उक्त बैठकमा चाडबाड लक्षित मूल्यवृद्धि, अखाद्य वस्तुको प्रयोग, म्याद नाघेका वस्तुको बिक्री/वितरण, कृत्रिम वस्तुको बिक्री/वितरण, कृत्रिम अभाव जस्ता विषयलाई ध्यानमा राखेर बजार अनुगमन गरिने पनि प्रधानमन्त्री कार्यालयका सहप्रवक्ता सन्तोसप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै बैठकले अनुगमन गर्दा आवश्यक पर्ने स्रोतसाधन र जनशक्तिको व्यवस्थापन गर्ने, २४ सै घण्टा बजार अनुगमन गर्न सकिने गरी अनुगमन टोली खटाउने र समन्वय अभाव नहुने गरी अनुगमन गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजाल, निमित्त मुख्यसचिव एक नारायण अर्याल, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सचिव डा.गणेशप्रसाद पाण्डेय, गृहसचिव दिनेश भट्टराईलगायत उच्चपदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org