प्रधानमन्त्री दाहालको ७ दिने चीन भ्रमणले विश्व रेकर्ड कायम गर्ला त ! : पूर्वसचिव त्रिताल
काठमाडौं । नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले प्रधानमन्त्रीे पुष्पकमल दाहाल एउटै देशमा सात बसेकोमा व्यङ्ग्य गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले प्रधानमन्त्री दाहालको लामो चीन भ्रमणप्रति व्यङ्ग्य गरेका हुन् ।
देशमा आर्थिक संकटबाट गुज्रिरहेका बेला प्रधानमन्त्री दाहाल नेतृत्वको टोलीले लामो विदेश यात्रा गरेर रमाएको भन्दै सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । प्रधानमन्त्री दाहालको पछिल्लो समयको विदेश भ्रमणको विवरण हेर्दा त्यो बढी देखिएको छ ।
पूर्वसचिव त्रिताल सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘औपचारिक भ्रमणमा कुनै देशमा गएर त्यही देशमा ७ दिन विताएको विश्व रेकर्ड हाम्रै प्रधानमन्त्रीको नाममा आउला कि नआउला कुन्नि ? त्रितालले यो स्टाटस फेसबुकमा लेखेपछि टिप्पणी गर्नेहरुको ओइरो लागेको छ ।’
पुर्व सचिव घिमिरेको स्टाटस पढेपछि जयराज घिमिरे लेख्छन् , ‘सर ! यो रेकर्ड हाम्रै प्रमको नाममा रहने भो अरुले ब्रेक गर्न अशंभबनै होला !अच्छा खातिरदारीमै रमाएर खाली हात फर्के पनि एयर्पोर्टमै पत्रकार सम्मेलन गरि भ्रमण अत्यन्त सफल भएको घोषणा गरि हाल्छन् , उपलब्धि त्यहि हो ।’
त्यस्तै शिव शर्माको पूर्वसचिव त्रितालको स्टाटसमा यस्तो टिप्पणी छ,’ घुमफिर मस्ती छ । गरिब देशका प्रधानमन्त्रीको खर्च जनताको थाप्लोमा । नमुनायुक्त काम गरेर आए त जनताले जय जय गर्लान् हेरौ रिजल्टका फेरिस्ता ।’
प्रधानमन्त्री प्रचण्ड छिमेकी चीनको साताव्यापी औपचारिक भ्रमण सकेर आज (शनिबार) स्वदेश फर्किँदै छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग ६ असोजमा र समकक्षी ली छियाङसँग ८ असोजमा औपचारिक वार्ता सकेर छोङछिङ, तिब्बतको ल्हासा, कैलाश मानसरोवर हुँदै प्रधानमन्त्री शुक्रबार सिचुआनको छेन्दु पुगे । तेस्रो कार्यकालमा प्रधानमन्त्रीका रूपमा यो प्रचण्डको पहिलो चीन भ्रमण हो ।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...