एसियाली खेलकुद: भारतसँग नेपाल २३ रनले पराजित
काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
मंगलबार जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा भारतीय टिमले २०३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले १५ बलमा चार छक्कासहित ३२ रन बनाए पनि हार टार्न सकेनन् । सन्दीप जोराले १२ बलमा तीन छक्का र एक चौकासहित २९ रन बनाए । कुशल मल्लले २२ बलमा दुई चौका र दुई छक्कासहित २९ रनको योगदान गरे ।
ओपनर कुशल भुर्तेलले २८ र आसिफ शेखले १० रन बनाए । सोमपाल कामीले सात, गुल्सन झाले ६ र कप्तान रोहितकुमार पौडेलले तीन रन जोडे ।
भारतका रवि बिस्नोइ र आवेश खानले समान तीन विकेट लिए । अर्शदीप सिंहले दुई र साई किशोरले एक विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको भारतीय टिमले यशस्वी जयसवालको शतकको मद्दतमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।
यशस्वी ४९ बलमा आठ चौका र सात छक्कासहित १०० रन बनाएर आउट भए । ट्वान्टी–२० क्रिकेटमा यशस्वीको यो अहिलेसम्मकै उच्च स्कोर हो ।
यशस्वीले पहिलो विकेटका निम्ति कप्तान रितुराज गाइकवाडसँग ९.५ ओभरमा १०३ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । गाइकवाडले २५ रन बनाए ।
रिंकु सिंहले ३७ र सिवम दुवे २५ रनमा अविजित रहे । यी दुईले पाँचौँ विकेटका निम्ति ५२ रनको साझेदारी गर्दै भारतलाई बलियो योगफलसम्म पुर्याएका हुन् ।
बलिङतर्फ दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले ३१ रन खर्चिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।
पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको थियो । नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो ।
भारतले भने आईसीसीको वरीयताअनुसार सोझै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने अवसर पाएको थियो ।
Comments
अरु समाचार
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...
-
एमाले महाधिवेशनः अध्यक्षमा ओली र महासचिवमा पोख्रेल विजयी !
काठमाडाैं । नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रोपटक विजयी भएका छन् । भने शंकर पाेखरेल दाेस्राे पटक महासिचव...
-
एमाले महाधिवेशनः अध्यक्षमा ओली धेरै अघि, शंकरलाई सुरेन्द्रकाे कडा टक्कर !
काठमाडाैं । नेकपा एमालेको आगामी नेतृत्वका लागि भएको निर्वाचको पछिल्लो मत परिणामा अनुसार केपी ओली नेतृत्वको प्यानलले अग्रता कामय गरेको...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
सचिवमा महेश बस्नेत सबैभन्दा अगाडि, त्यसपछि पद्माकुमारी !
काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना जारी छ । भृकुटीमण्डपमा जारी मतगणना अहिलेसम्म सचिव...
-
एमाले महाधिवेशनः शंकरले ६१३ मत पाउँदा, सुरेन्द्रकाे कति ?
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा महासचिवमा प्रतिस्पर्धा देखिएको छ । निर्वाचन आयोगले घोषणा गरेको पछिल्लो...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर र सुरेन्द्रबीच कडा टक्कर !
काठमाडाैं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट छानिने महासचिवमा कडा चुनावी प्रतिस्पर्धा देखिएको छ । शंकर पोखरेल र सुरेन्द्र पाण्डे...
-
अध्यक्षमा ओली ईश्वरभन्दा तेब्बर मतले अगाडि
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा मतगणना भइरहेको छ । अहिलेसम्म गणना भएअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली अगाडि छन्...












