ताजा समाचार

दसैँतिहारका लागि असोज २२ देखि अग्रिम टिकट बुकिङ खुला गरिने

काठमाडौं । दसैँतिहारका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो ।

यातायात व्यवस्था विभागका महानिदेशक उद्धव प्रसाद रिजाले पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको बताए ।

व्यवसायीले गाडि भाडा नबढाए बुकिङ नखोल्दै अडान राख्दै आएका थिए । मन्त्रालयमा भएको छलफलमा व्यवसायीहरूले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org