ताजा समाचार

प्रा.डा. युवराज संग्रौलाद्वारा लिखित दुईवटा पुस्तकको एकैसाथ विमोचन

काठमाडौं । नेपाल सरकारका पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता प्रा. डा. युवराज संग्रौलाद्वारा लिखित दुईवटा पुस्तकको शनिबार विमोचन भएको छ । संग्रौलाद्वारा लिखित ‘Decolonization of Constitutionalism’ र ‘Decolonizing Jurisprudence with Asian context’ शीर्षकका पुस्तक काठमाडौंमा आयोजित एक कार्यक्रममा विमोचन भएको हो ।

संग्रौलाद्वारा लिखित  पुस्तकको विमोचन समारोहमा प्रमुख अतिथि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले वर्तमान न्याय प्रणालीको अभ्यासमा जनताले दुःख पाएको जनाए । उनले ‘रामशाह पथ’ शैलीको कानुनी हुनुपर्नेमा जोड दिए । पोखरेलले अदालतमा काम गर्नेहरुको आचरणमा परिवर्तन भए जनताले पनि न्यायको अनुभूती गर्ने ठोकुवा गरे । यसैगरी सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल, सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीले पुस्तकको समीक्षा तथा टीप्पणी गरे । यसैगरी महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, सहसचिव अरुणा जोशी, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कमलराज थापालगायतले पनि पुस्तकमाथि समीक्षा गरे ।

संग्रौलाले पुस्तकमा उपनिवेशवादबाट राज्यहरु मुक्त भएपनि नवउपनिवेशवाद कायमै रहेको उल्लेख गरेका छन् । नेपालको कानुनी-संस्कृति प्रसंशनीय भएको जनाउँदै उनले अदालतमा बसेर सेवा दिनेहरुले अदालतको बदनाम गर्न नहुने जनाए । केही वर्ष अघिसम्म आर्दश र सिद्धान्तमा चलेको न्यायप्रणाली वर्तमान अवस्थामा जनताले औंला ठड्याउने खालको स्वार्थ केन्द्रित भएको संग्रौलाको भनाइ छ । कार्यक्रममा नेपाल बारका पदाधिकारी, कानुन व्यवसायी, प्राध्यापक, महिला, कानुनका विद्यार्थीलगायतको सहभागिता थियो । कार्यक्रममाको सुरुवतामा सहप्राध्यापक लक्ष्मी सापकोटाले स्वागत मन्तब्य व्यक्त गरेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org