ताजा समाचार

समाजवादी मोर्चाको सन्देशसभा आज धनगढीमा

काठमाडाैँ। कैलालीमा आज समाजवादी मोर्चाले सन्देश सभा गर्ने भएको छ ।

भदौ १३ गते पहिलो पटक र २६ भदौमा दोस्रो पटक स्थगित गरिएको कार्यक्रम आज हुँदै छ ।

आज करिब १:३० बजे धनगढीमा सन्देश सभा सुरु गरिने नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज गरिमा शाहले जानकारी दिइन् ।

उनका अनुसार माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव धनगढी पुग्दै छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org