ताजा समाचार

रिगलको सजाय माफी प्रकरणः दसैँलगत्तै भारतीले पुनः सुरु गरिन् अनसन

काठमाडाैँ । भारती मानन्धरले दसैँ सकिएसँगै पुनः रिले अनसन सुरु गरेकी छन् ।

श्रीमानको हत्या गरेको कसुरमा थुनामा रहेका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा सजाय माफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले अनसन सुरु गरेकी हुन् ।

श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगलको सजाय संविधान दिवसको अवसर पारेर असोज ३ मा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माफी दिएका थिए । त्यसपछि परिवारले विरोध गर्दै आएका छन् ।

भारतीले आज (आइतबार) बाट माईतीघर मण्डलामा पुनः रिले अनसन सुरु गरेकी हुन् । २०७२ असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org