ताजा समाचार

फरार अभियुक्त पक्राउ

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणका क्रममा शौचालयबाट भागेका अभियुक्त पुनः पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका–१७ चौघेरा घर भई हाल घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्क बस्ने करिब १८ वर्षीय विवेक नेपाली प्रतिष्ठानको शौचालयको झ्यालबाट भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

आज बिहान करिब ११ बजेतिर शौचालयको झ्यालबाट भागेपछि लगत्तै प्रहरीले चौतर्फी घेरा हालेर प्रतिष्ठान नजिकै रहेको निमा हल पछाडीबाट उनलाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

नेपालीले आफू अस्वस्थ रहेको बताएपछि प्रहरीले जचाउन लगेको थियो त्यस क्रममा शौचालय जाने बहाना बनाएर भाग्न खोजेका नेपालीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो ।

मोबाइल चोरी गरेको अभियोगमा तीन दिनअघि पक्राउ परेका नेपाली यसअघि पनि पटक पटक चोरी गरेको अभियोगमा परेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org