ताजा समाचार

मलेसियाले दियो नेपाललाई १६६ रनको लक्ष्य

काठमाडौं।  टी—२० विश्वकप छनोट प्रतियोगितामा मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबिचको पहिलो खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले पूरै ओभर खेल्दै नौ विकेट गुमाएर नेपाललाई १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आक्रामक व्याटिङ्ग सुरुवात गरेको मलेसियाको पहिलो विकेट अबिनास बाहोराले लिएका थिए । उनले मलेसियाका ओपनर ब्याट्सम्यान जुबैदी जुलकिफलाई कुशल मल्लबाट क्याच आउट गराएर पहिलो विकेट दिलाएका थिए उनले पुरै ओभर बलिङ्ग गदै चार विकेट समेत लिए  । त्यस्तै नेपालका तर्फबाट सन्दीप लमिछाने,रोहित पौडेल र गुल्सन झाले एकएक विकेट लिएका थिए भने रनआटबाट मलेसियाले दुई विकेट गुमाएको थियो ।

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपाल र मलेसिया दुवैको यो दोस्रो खेल हो । यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो । मलेसिया भने आफ्नो पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

आठ राष्ट्रको सहभागिता रहेको यो छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान पक्का गर्नेछन् । सन् २०२४ को टी—२० विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दैछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org