ताजा समाचार

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा जाँदै

१८ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं जाने भएका छन् । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति पौने १२ बजे ६। ४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैं प्रभावित क्षेत्रमा जान लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा जान लागेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिन सबैलाई अपिलसमेत गरेका छन् । भूकम्पबाट जाजरको र रुकुम पश्चिममा क्षति भएको छ । जाजरकोटको नलगाड र रुकुमको आठविसकोट नगरपालिका र सानीभेरी नगरपालिकामा ठूलो क्षति भएको छ। उद्धारका लागि सुर्खेतबाट तीन वटा हेलिकोप्टर परिचालन गर्ने तयारी गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org