ताजा समाचार

सांसद पौडेलले एक महिनाको तलब भूकम्प पीडितलाई

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले जाजरकोट भूकम्पका पीडितलाई राहत र पुनःस्थापनका लागि सरकारको कोषमा आफ्ना तर्फबाट एक महिनाको तलब सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

सांसद पौडेलले आज विज्ञप्ति प्रकाशन गरी भूकम्पले पुर्याएको विपत्तीमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले सङ्घीय सांसदका रुपमा प्राप्त एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्नुभएको हो ।

उहाँले जाजरकोटको रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org