ताजा समाचार

रविले परिवर्तनका लागि ताताे गाेली थाप्न तयार जनतालाई चिसाेबाट बचाउनुस् भन्दा प्रधानमन्त्री गम्भीर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १४ बुँदे सुझाव दिएका छन् ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम)बाट फर्किएपछि लामिछानेले राहत व्यवस्थापन र वितरण, पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई १४ सुझाव दिएका हुन् ।

छलफलमा प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्रमै पुगेर लिएकाे पहलकदमी र सुझावका लागि सभापति लामिछानेलाई धन्यवाद दिँदै प्राप्त सुझाव प्राथमिकताका आधारमा कार्यान्वयनका लागि मन्त्रिपरिषद्को बैठकमा समेत प्राप्त सुझावहरू राख्ने प्रतिबद्धता जनाएका छन् ।

सभापति लामिछानेले ‘परिवर्तनका लागि विगतमा तातो गाेली थाप्न तयार भएका जनतालाई चिसाेबाट बचाउनुस्’ भन्दा प्रधानमन्त्री दाहाल गम्भीर भएका थिए ।

यस्ता छन् रविले प्रधानमन्त्रीलाई दिएका सुझाव:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org