ताजा समाचार

कानून तोड्दा बहादुरी र मान्दा नालायकी देखिने संस्कृति हाबी छः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालमा कानून तोड्दा बहादुरी र कानून मान्दा नालायकी देखिने संस्कृति हाबी भएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा कानून मान्नुपर्छ भन्ने संस्कृतिको अभाव रहेको बताएका हुन्। उनले कानूनले आफैँलाई फाइदा पुर्‍याउँछ भन्ने संस्कृतिको विकास गर्न नसक्दा कानून उल्लंघन भइरहेको बताए। उनले अहिले कानून कति बन्यो र प्रजातन्त्र कता छ ? भन्नेकुरा महत्वपूर्ण नभएको भन्दै कानूनको उपयोग कति भयो भन्नेकुरा बढी महत्वपूर्ण रहेको उल्लेख गरे। उनले कानूनमा ३१ वटा हक लेखेर मात्रै नेपाल हकको धनी नहुने बरु उपभोग गर्न पाएमात्रै हकको धनी हुने बताए।

उनले भने, ‘हामीसँग ह्याचुअल्ली कानून मान्ने संस्कृति पनि छ। कानून तोड्दा बहादुरी देखिने र मान्दा नालायकी देखिने सांस्कृतिक प्रभाव छ। फिनल्याण्डमा कानून मान्ने कल्चर छ, हामीसँग कानून उल्लंघन गर्ने कल्चर छ। कानूनको शेयर गर्न हामीले सकेका छैनौँ, बुझाउन सकेका छैनौँ। कानून कार्यान्वयनको चरणमा सबैले मान्ने गरी अघि बढाउन सक्नुपर्छ। कानूनले कसैको आवश्यकता नभइ जीवनको आवश्यकता अनुभूति रिफ्लेक्ट भएको कानून बनाउनु पर्छ। कानून मान्ने संस्कृतिको अभाव भएकाले कानून नेपालमा मानेको पाइँदैन। कानून कति बन्यो र हाम्रो प्रजातन्त्र कता छ ? त्यो महत्वपूर्ण छैन। यसको कार्यान्वयन कति भयो भन्ने महत्वपूर्ण हो। कानूनमा ३१ वटा हक लेखेर हामी हकका धनी भएनौँ नि। उपभोग गर्न पाए न धनी भइन्छ। सरकारले भीमकाय ऐनको सूची बनाउने र बजेट कम गर्ने कुरा विरोधाभाषपूर्ण हो।’

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सरकारले भीमकाय ऐनको सूची बनाउने  तर बजेट कम गर्ने कुरा विरोधाभासपूर्ण रहेको बताउनु भयो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org