ताजा समाचार

अस्ट्रेलियालाई विश्वकप जित्न भारतले दियो २४१ रनको लक्ष्य

काठमाडौं । विश्वकप क्रिकेट जित्न भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ५० ओभरमा २४० रनमा अलआउट भएको हो ।

१०.२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट गुमाएर दबाबमा परेको भारतलाई विराट कोहली र केएल राहुलले सम्मानजनक स्थितिसम्म पुर्‍याएका थिए । उनीहरुले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरे । जुन भारतका लागि भएको सबैभन्दा ठूलो साझेदारी रह्यो । कोहली ५४ र राहुल ६६ रनमा आउट भए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org