ताजा समाचार

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास गौशालामा पक्राउ

काठमाडौं । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास गौशालामा पक्राउ परेका छन् । सोमबार दिउँसो उनलाई प्रहरीले काठमाडौंको गौशालाबाट नियन्त्रणमा लिएको हो ।

दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनमा गेरुवस्त्रमा त्रिसुल सहित आएर उग्र अभिव्यक्तिसँगै सडक अवरुद्ध पार्न खोजेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन् ।

प्रसाईं समूहले गौशाला क्षेत्रमा आयोजना गरेको प्रदर्शनमा प्रहरीमाथि ढुंगा प्रहार गरिएको थियो । प्रदर्शनकारीलाई नियन्त्रण गर्नेक्रममा श्रीनिवासलगायत व्यक्तिलाई पक्राउ गरिएको एसपी ढुंगेलको भनाइ छ ।

उनीसहित पक्राउ गरिएका प्रदर्शनकारीलाई प्रहरी वृत्त गौशालामा राखिएको एसपि ढुंगेलले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org