ताजा समाचार

आजको मौसमःउच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । अहिले देशका केही भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागको मौसम सफा रहेको छ ।

आज दिउँसो देशका केही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।राती भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरू साथै देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ।

वर्षा, हिमपात र देशभरिको तापक्रम गिरावटबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। आज सूर्योदय बिहान ६ बजेर ३४ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ८ मिनेटमा हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org