११ महिनामा नौ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरे
काठमाडौँ। सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर नौ लाख १८ हजार ३०८ पर्यटक नेपाल प्रवेश गरेका छन् ।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सरकारले सन् २०२३ मा १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएकोमा नोभेम्बरमा एक लाख आठ हजार ६३० जना पर्यटक नेपाल भित्रिएसँगै सरकारको लक्ष्य नाघ्ने अपेक्षा गरिएको छ । उहाँले भन्नुभयो, “सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६५३ पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०२१ को सोही अवधिमा २६ हजार १३५ पर्यटक नेपाल भित्रिएका थिए ।
कोरोना महामारीपछि समान्य बनिरहेको पर्यटन क्षेत्रमा पर्यटनको बढ्दो आगमनले सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्ने अपेक्षा गरिएको छ ।” कोरोना महामारीअघि सन् २०२० मा एक हजार ९५६ र २०१९ मा एक लाख ३० हजार ३०२ पर्यटक नेपाल भित्रिएको उहाँले बताउनुभयो । डिसेम्बरमा पनि एक लाखको हाराहारीमा पर्यटन भित्रिने उहाँको दाबी छ । त्यस्तै विभिन्न सीमानाकाबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा समेत सुधार हुँदै आएकाले १० लाख पर्यटक भित्रिने उहाँको विश्वास छ ।
बोर्डका अनुसार नोभेम्बरमा सबैभन्दा बढी भारतबाट २४ हजार ४४३, अमेरिकाबाट ११ हजार ४६१, चीनबाट सात हजार ६०१, बेलायतबाट छ हजार १३८, अस्ट्रेलियाबाट पाँच हजार ६०, थाइल्यान्डबाट तीन हजार ९६२, बङ्गलादेशबाट तीन हजार ७६१, जर्मनीबाट तीन हजार ५१२, श्रीलङ्काबाट तीन हजार २२८ र फ्रान्सबाट तीन हजार २०५ पर्यटक नेपाल भित्रिएका छन् ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...