ताजा समाचार

नेप्से परिसूचकमा गिरावट: कारोबार रकम एक अर्बभन्दा कम

काठमाडौं । आइतबार सेयर बजारको परिसूचक नेप्से परिसूचकमा गिरावट आएको छ । लामो समय देखि लगातार ओरालो लागि रहेको परिसूचक नेप्से आज ७.२९ अंक घटेको हो । यो सहित लगातार पाँचौ कारोबार दिन नेप्से घटेको छ । अघिल्ला कारोबार दिनहरु सोमबार ११, मंगलबार २, बुधबार १७.९ र बिहीबार १८ अंकले बजार घटेको थियो ।

आइतबारको कारोबारपछि नेप्से १८५१ विन्दुमा कायम भएको छ । कुल ९६ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भयो । यसअघि बिहीबार १ अर्ब ३२ करोडको कारोबार भएको थियो । कुल ९४ कम्पनीको मूल्य बढ्दा १३६ को घट्यो भने १० को स्थिर रह्यो ।

माइक्रोफाइनान्स समूह जम्मा २ अंक बढ्यो भने अरु सबै समूहहरु घटेका छन् । बैंकिङ ५, विकास बैंक १६, फाइनान्स ९, होटल तथा पर्यटन २७, जलविद्युत् ९, जीवन बीमा २५, उत्पादन ११, निर्जीवन बीमा ४२, अन्य ७ र ब्यापार उपसमूह १३ अंक घटे ।

थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.६ प्रतिशत बढ्यो । सबैको लघुवित्तको ९, इङ्वा हाइड्रोपावरको ८.६, माइखोला हाइड्रोपावरको ६.२, मोलुङ हाइड्रोपावरको ५.६ तथा पञ्चकन्या माइको ५ प्रतिशत मूल्य बढ्यो ।

माउन्टेन इनर्जी, युनाइटेड इदी मर्दी र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको मूल्य १० प्रतिशत घट्यो । गुराँस लघुवित्तको ५.७ प्रतिशत घट्दा मञ्जुश्री फाइनान्सको मूल्य ५ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्स, हाथवे इन्भेस्टमेन्ट, सिटिजन लाइफ, युनाइटेड इदी मर्दी र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org