ताजा समाचार

मन्त्रिपरिषद् बैठक सिंहदरबारको नयाँ बैठक कक्षमा

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

बैठक सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको भवनको नयाँ बैठक कक्षमा बस्नेछ ।

भूकम्पले क्षति पुर्याएको सिंहदरबारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी तयार गरेकोमा यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकक्ष सारिसकेका छन् । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नै सोही भवनबाट सञ्चालित छ ।

बुधबारको मन्त्रिपरिषद् बैठक पनि सोही भवनको बैठक कक्षमा बस्न लागेको हो । बिहान १० बजे प्रधानमन्त्री दाहालले बैठक कक्षको अवलोकन गर्ने र लगत्तै सोही बैठक कक्षमा मन्त्रिपरिषद्को बैठक बस्ने सहरी विकासमन्त्री सीता गुरुङले जानकारी दिइन् ।
यसअघि कार्यकक्ष सारेपछि प्रधानमन्त्री दाहालले १२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्तो त्यस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ गरिएको भन्दै अब त्यहाँ बसेर काम गर्दा जोस जाँगर आउने बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org