ताजा समाचार

माओवादी केन्द्रको विधान सम्मेलन फागुनमा, बनाइयो मस्यौदा समिति

काठमाडाैँ । नेकपा माओवादी केन्द्रले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बिहीबार बसेको पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो । स्थायी समिति बैठक पुस महिनाको अन्तिममा बस्ने भएको छ ।

बैठकले सात सदस्यीय विधान मस्यौदा समितिसमेत गठन गरेको पार्टी सचिव गणेश साहले जानकारी दिए । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय साह र सुरेन्द्र कार्की छन् । समितिले १५ दिनभित्र विधानको मस्यौदा तयार गर्नेछ ।

बैठकले पुस १६ मा सबै स्थानीय तहमा जनपरिचालन गरेर पार्टी रुपान्तरण अभियानको समापन गर्ने निर्णय गरेको सचिव साहले जानकारी दिए । माओवादीले गत भदौ १६ गतेदेखि रुपान्तरण अभियान सञ्चालन गरेको थियो । बैठकले रुपान्तरण अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org