मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा भूकम्पपीडितलाई सहयोग हस्तान्तरण
काठमाडौं । मानवसेवा आश्रमको सहजीकरण र आनी छोइङ डोल्मा फाउन्डेसनले भूकम्पपीडितलाई आज रू २० लाख बराबरका खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । गत कात्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट घरबारविहीन भएका पीडितलाई आज फाउन्डेसनले खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको हो ।
भूकम्प प्रभावित दुई सय ५० घरधुरीलाई प्रतिपरिवार एक बोरा चामल, पाँच किलो दाल, दुई किलो सोयाबिन, दुई किलो नुन र दुई लिटर तेलसहित न्यानो ब्ल्याङ्केट वितरण गरिएको । त्यस्तै चार सय बालबालिकालाई न्यानो कपडासहित जुत्ता वितरण गरिएको छ ।
भौगोलिक विकटताका कारण भूकम्प गएको दुई महिना बितिसक्न लाग्दासमेत जाजरकोटको ध्यार गाउँमा कुनै पनि सरकारी तथा गैरसरकारीतर्फबाट राहत प्राप्त हुन नसकेको अवस्थामा उक्त सहयोगले कष्टपूर्ण जीवन बिताइरहेका भूकम्पपीडितलाई राहत पुग्ने आनी छोइङ डोल्मा फाउन्डेसनका अध्यक्ष आनी छोइङ डोल्माले बताएकी छिन् ।
गायिका तथा समाजसेवी आनी छोइङ, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, आश्रमका कोषाध्यक्ष होमनाथ तिमल्सिना, कर्णाली प्रदेश संयोजक सञ्जिता गौतमलगायतको टोलीले संयुक्त रुपमा राहत वितरण गरेका थिए ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...