ताजा समाचार

दक्षिण कोरियामा विपक्षी नेतामाथि छुरा प्रहार

काठमाडाैँ । दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेतामाथि छुरा प्रहार भएको छ ।

योनहाप समाचार एजेन्सीका अनुसार  यो घटना बुसानमा भएको हो । विपक्षी नेता ली जे-म्युङ २०२२ को राष्ट्रपति चुनावमा पराजित भएका थिए ।

मंगलबार आक्रमणकारीले लीको घाँटीको देब्रे भागमा छुरा प्रहार गरेका थिए । आक्रमण गर्ने ५० वर्षका जस्ताे देखिने व्यक्ति पक्राउ परेका छन् । आक्रमणकारीले सुरुमा लीसँग अटोग्राफ मागे र अचानक उनलाई छुरा प्रहार गरे ।

आक्रमणको २० मिनेटपछि लीलाई अस्पताल लगिएको थियो । समाचारमा जनाइए अनुसार अस्पताल पुर्‍याउँदासम्म उनी हाेसमै थिए ।

सामाजिक सञ्जालमा देखिएकाे आक्रमणको भिडियोमा ली जमिनमा लडिरहेको देखिन्छ, जहाँ मानिसहरूले आक्रमणकारीलाई रोक्न खोजेका छन् । घटनापछिका तस्वीरहरूमा ली आँखा बन्द गरेर भुइँमा सुतेको र कसैले उनको घाँटीको छेउमा रुमालले पुछिरहेकाे देखिन्छ ।

ली हाल दक्षिण कोरियाको संसद सदस्य छैनन् । उनले सन् २०२४ मा हुने आम निर्वाचनमा भाग लिने तयारी गरिरहेका थिए । ५९ वर्षीय ली डेमोक्रेटिक पार्टी अफ कोरियाका प्रमुख हुन् ।

उनी २०२२ को राष्ट्रपतीय निर्वाचनमा मात्र ०.७३ प्रतिशत मतको अन्तरले हारेका थिए । दक्षिण कोरियाको इतिहासमा पहिलो पटक चुनावी प्रतिस्पर्धा यति रोचक बनेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org