तमोर जलाशययुक्त आयोजना नेपालीकै लगानीमा बनाउन माग
काठमाडौँ । ऊर्जा उत्पादकले प्रस्तावित ७६२ मेगावाटको तमोर जलाशययुक्त आयोजना नेपालीकै लगानीमा बनाउन माग गरेका छन्। निजी क्षेत्रलाई निर्माण गर्न दिए नेपालीकै लगानीमा पनि आयोजना निर्माण सम्भव रहेको उनीहरूको दाबी छ।
५० वर्षको विद्युत् उत्पादनको अनुमतिपत्र दिएमा नेपालको निजी क्षेत्रले पनि आयोजना निर्माण गर्न सक्ने र त्यसले नेपाललाई नै आर्थिक लाभ हुने उनीहरूको भनाइ छ।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान)का पदाधिकारीले आयोजना प्रभावित क्षेत्र तेह्रथुमकी सांसदसमेत रहेकी शहरी विकासमन्त्री सीता गुरुङलाई भेटेर त्यस्तो प्रस्ताव दोहोर्याए। इप्पानका अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी तथा पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंसहितका पदाधिकारीले मन्त्री गुरुङसँग भेटवार्ता गरेका हुन्। ।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले सरकारले देशको अर्थतन्त्रमा ठुलो महत्त्व राख्ने सम्भावना बोकेको आयोजना विदेशीलाई दिन लागेको बताए। “जति पनि ठुला आयोजना छन्, त्यसमध्ये यो सबैभन्दा धेरै नाफा हुनसक्ने आयोजना पनि हो,” उनले भने, “लगानीका हिसाबले पनि यो आयोजना ठूलो हो। हामीलाई दिएको अवस्थामा १० वर्षभित्र निर्माण गरेर सञ्चालनमा ल्याउन सक्छौँ।”
उनले लगानी जुटाउने विषयमा समेत आफूहरूसँग प्रस्ट योजना रहेको बताए। “त्यहाँका हरेक घरधुरी गाँस कटाएर भए पनि ५० हजार रुपैयाँ लगानी गर्न तयार छन्। म पनि त्यहीको स्थानीय हुँ,” उनले भने, “नेपालीको लगानीमा आयोजना बन्यो भने त्यसबाट हुने सबै लाभ नेपालीले नै पाउने निश्चित हुन्छ।”
भेटमा मन्त्री गुरुङले नेपालीकै लगानीमा आयोजना निर्माण गर्नेबारे आफूले ‘लबिइङ’ गर्ने बताइन्। तेह्रथुम, ताप्लेजुङ र पाँचथरको सीमा भएर बग्ने तमोर नदीबाट न्यून लगानीमा धेरै विद्युत् उत्पादन गर्न सकिने नेपाल विद्युत् प्राधिकरणको अध्ययनको निष्कर्ष छ। प्राधिकरणले २०७० सालमा अध्ययन गरेको थियो। त्यसअघि सन् १९८५ मा जाइकाले पनि अध्ययन गरेको थियो।
तमोरको पाँचथर–तेह्रथुम खण्डमा बाँध निर्माण गरेर विद्युत् उत्पादन गर्ने अध्ययनको निष्कर्ष छ। यसरी आयोजना बनेको अवस्थामा सुक्खायाममा दिनमा ८ घण्टा सञ्चालन गर्न सकिने र वर्षामा १६ घण्टासम्म लगातार चलाउन सकिने त्यसबेला प्राधिकरणको अध्ययनको निष्कर्ष थियो।
सो अध्ययनका अनुसार आयोजनाको बाँध बनाउँदा तेह्रथुमको ओख्रे र पाँचथरको स्याबरुम्बाको सीमामा रहेको लम्बुदोभानबाट डेढ किलोमिटर ताल बन्नेछ। २०५ मिटरको ड्याम बनाए ७६२ मेगावाट तथा ३०० मिटरको बनाउँदा दुई हजार ५६५ मेगावाट बिजुली उत्पादन हुन्छ।
यस्तै, २०५ मिटर बाँध लगाउँदा १२६ घरपरिवार मात्रै विस्थापित हुने र डुबानमा पर्ने जग्गामध्ये ५ प्रतिशत मात्रै खेतीयोग्य रहेको अध्ययनले देखाएको थियो।
सरकारले भने उक्त आयोजना बनाउन चार वर्षअघि नै चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सनसँग सम्झौता गरिसकेको छ। तर सो कम्पनीले काममा गति दिएको छैन। २०२० जनवरीमा भएको सम्झौतामा दुई वर्षभित्र आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गर्ने उल्लेख छ। कम्पनीले चार वर्षमा पनि अध्ययन प्रतिवेदन भने बुझाएको छैन।
Comments
अरु समाचार
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...












