कोसीमा सभामुख छान्न आज दिउँसो ३ बजे निर्वाचन
विराटनगर । कोसी प्रदेशमा सभामुखको टुंगो लगाउन निर्वाचन गर्ने निर्णय गरिएको छ ।
मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट सभामुख चयन प्रक्रियाबारे निर्णय गरिएको हो ।
प्रदेशसभाको आज बस्ने बैठकमा दिउँसो ३ बजे सभामुख चयन प्रक्रिया थालिने तय गरिएको छ । उपसभामुख सिर्जना दनुवारले त्यसबारे बिहान ११ बजे कार्यसूची प्रकाशन गरिने जानकारी दिइन् ।
सर्वसम्मत रूपमा सभामुख चयन गर्ने विषयमा निर्णय गर्न दलहरूले छलफल गरिरहेका छन् ।
कोसी प्रदेशसभा सचिवालयमा छुट्टाछुट्टै रूपमा प्रमुख दलहरूको संसदीय दलको बैठक जारी छ । नेपाली कांग्रेस र नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने सभामुख पद आफूले लिने निर्णय गरिसकेको छ । मंगलबारै बिहान बसेको राप्रपा कोसी प्रदेश संसदीय दलको बैठकबाट सांसद अमरबहादुर विष्टलाई सभामुखमा अघि सार्ने निर्णय गरिएको छ ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...