ताजा समाचार

राष्ट्रव्यापी भारोत्तोलन प्रतियोगितामा देशभरका दुई सयभन्दा बढि खेलाडीले प्रतिस्पर्धा गर्दै

काठमाडौं । मध्यपुरथिमिमा सुरु भएको २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा देशभरका दुई सय एक खेलाडी प्रतिस्पर्धामा उत्रिने भएका छन् । नेपाल भारोत्तोलन सङ्घले यही पुस २६ गते सम्पन्न गर्नेगरी सुरु गरेको प्रतियोगितामा २१ जिल्लामा खेलाडीले प्रतिस्पर्धा गरेको सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए ।

पुरुष र महिलातर्फ सिनियर, जुनियर र युथमा समान १०–१० स्वर्णका लागि प्रतिस्पर्धा सुरु भएको जनाउँदै उनले प्रतियाृगितामा सहभागिता रहेका देशभरबाट आएका खेलाडीलाई खाना र बसोवासको व्यवस्था सङ्घले नै गरेको बताए । करिब रु ८६ लाख खर्च हुने प्रतियोगिता अन्तरराष्ट्रिय भारोत्तोलन महासङ्घ, एसियाली भारोत्तोलन महासङ्घ र नेपाल भारोत्तोलन सङ्घको नियमानुसार खेलाइएको अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगितामा महिलातर्फ युथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्य गरी कूल दुई सय ७० तथा पुरुषतर्फ युथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत तथा ९० कास्यसहित दुई सय ७० गरी कूल पाँच सय ४० पदकका लागि प्रतिस्पर्धा भएको छ ।

प्रतियोगितामा विभिन्न चार तौल समूहमा जुनियर तथा सिनियर पुरुषतर्फ ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, एक सय दुई, एक सय नौ र एक सय नौ किलोमाथि, युथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, एक सय दुई र एक सय दुई किलोमाथि, जुनियर तथा सिनियर महिलातर्फ ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ किलोमाथि तथा युथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ किलो तौल समूहमा प्रतिस्पर्धा भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org