पहिलो त्रैमासमा ३.२ प्रतिशतको आर्थिक वृद्धि
२८ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो त्रैमासमा ३.२ प्रतिशतको आर्थिक वृद्धिदर भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पहिलो त्रैमासिक कुल गार्हस्थ्य उत्पादनको तथ्यांक अनुसार चालु आवको पहिलो तीन महिनामा अर्थतन्त्र ३.२ प्रतिशतले विस्तार भएको हो ।
यस वर्ष सरकारले ७ प्रतिशत हाराहारीको विस्तार हुने अनुमान गरेको छ । बहुराष्ट्रिय निकायहरुले भने ४ प्रतिशत हाराहारीमा मात्र वृद्धि हुने प्रक्षेपण गरिरहेका छन् ।कार्यालयले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा अर्थतन्त्र ३.२ प्रतिशतले विस्तार हुने बताएको हो । अघिल्लो आवको चौथो त्रैमासिकको भन्दा भने चालु आवको पहिलो त्रैमासमा अर्थतन्त्रमा केही संकुचन आएको छ । अघिल्लो आवको चौथो त्रैमासमा ४.३ प्रतिशतको आर्थिक वृद्धिदर रहेको थियो ।
तथ्यांक अनुसार यस आवको पहिलो त्रैमासमा खानी तथा उत्खनन् क्षेत्रको कुल मुल्य अभिवृद्धि सबैभन्दा धेरै १५.८ प्रतिशत रहेको अनुमान गरिएको छ । निर्माण क्षेत्रसँग सम्बन्धित प्रत्यक्ष आधारित रहेको यो क्षेत्रमा बालुवा गिट्टीको प्रभाव बढी देखिन्छ । यस अवधिमा निर्माण क्षेत्रको जीडीपी समेत ११.४ प्रतिशतले विस्तार भएको छ ।
वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि दोस्रो स्थानमा छ । यो १३.२ प्रतिशतले विस्तार भएको तथ्यांक कार्यालयले जनाएको छ । निक्षेप तथा कर्जामा भएको वृद्धि, अन्तर बैंक ब्याजदरमा भएको परिवर्तन, बढ्दो बीमा प्रिमियम आदि कारणले यस क्षेत्रमा सकारात्मक वृद्धि देखिएको हो । आवास तथा भोजन सेवा क्षेत्रमा ११.७ प्रतिशतको विस्तार भएको छ । खुद्रा तथा व्यापार क्षेत्रमा भने १.४ प्रतिशतले संकुचन आएको देखिएको छ । समग्र आयातमा सामान्य वृद्धि भए पनि व्यापारजन्य वस्तुमा आएको कमीले यो क्षेत्रको वृद्धिदरमा प्रभाव परेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । घरजग्गाको कारोबार समेत २.२ प्रतिशतले मात्र वृद्धि भएको छ ।
Comments
अरु समाचार
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
आज सुनको मूल्य बढ्यो
काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा...
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...
-
राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय...
-
‘साना तथा मझौला उद्योग प्रवर्द्धनको प्रयासमा उद्योग वाणिज्य महासंघ’
काठमाडौँ, २ असोजः नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ...
-
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको ५५ प्रतिशत काम सकियो
काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत काम सकिएको छ ।...
-
नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो
काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५०...
-
चितवनमा बिक्री भएन पाँचसय मेट्रिक टन मह
काठमाडौं । यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन...