ताजा समाचार

यातायात व्यवस्था विभागमा भित्रियो ६ लाख नयाँ स्मार्ट कार्ड

काठमाडौं । यातायात व्यवस्था विभागले लाइसेन्स छाप्दा प्रयोग हुने ६ लाख स्मार्ट कार्ड ल्याएको छ । उक्त कार्ड केही दिन अघि नै भन्सारमा आएको थियो भने भन्सारको प्रक्रिया सकेर विभागमा कार्ड ल्याइएको हो । जर्मनको मूलवर्ग कम्पनीसँग कार्ड ल्याउने सम्झौता भएको थियो ।

१२ लाख कार्ड आयात गर्ने सम्झौता भएकोमा पहिलो चरणको ६ लाख कार्ड विभागमा आइपुगेको हो । बाँकी छ लाख कार्ड ४५ दिनभित्र नेपाल आइपुग्ने विभागले जनाएको छ । जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता गरिएको थियो ।

विभागले भन्सार तिरेर ल्याएको कार्ड सम्झौताअनुसार छ की छैन भनेर ल्याब टेस्टका लागि पठाइने विभागका महानिर्देश उद्धवप्रसाद रिजालले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org