गाजामा चलेको द्वन्द्वमा हरेक घन्टामा दुई आमाको मृत्यु
गाजा । एक सय दिनभन्दा बढी समयदेखि गाजामा चलेको द्वन्द्वमा हरेक घन्टामा दुई आमाहरूको मृत्यु हुने गरेको संयुक्त राष्ट्र सङ्घीय निकायले जनाएको छ ।लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि काम गरिरहेको संयुक्त राष्ट्रसङ्घीय निकाय युएन विमेनको प्रतिवेदनमा गाजामा युद्ध शरू भएको दिनदेखि १०० दिनसम्मको महिलाहरूको औसत मृत्यु दरलाई मूल्याङ्कन गरी उक्त तथ्य सार्वजनिक गरेको हो ।
गाजा सङ्कटले महिला तथा बालबालिकाको जीवन स्तरमा जीवन र मानवीय आवश्यकताको विनाशकारी असर गरिरहेको गाजा युद्धको लैङ्गिक प्रभाव नामक प्रतिवेदनमा उल्लेख छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा कम्तीमा २४ हजार ६२० प्यालेस्टिनी मारिएका छन् । गाजामा मृत्यु भएकामध्ये करिब ७० प्रतिशत महिला र बालबालिका रहेको अनुमान गरिएको छ । तथ्याङ्क अनुसार महिला मृत्युमध्ये सङ्कट सुरु भएदेखि अहिलेसम्मको औसत अनुपातमा प्रतिघन्टा दुई आमाहरूको मृत्यु हुनेगरेको छ ।
गाजामा १९ लाखभन्दा बढी व्यक्ति तथा गाजाको कुल जनसङ्ख्याको ८५ प्रतिशत, जनसङ्ख्या विस्थापित भएको विश्वास गरिन्छ । जसमा संयुक्त राष्ट्रसंघीय निकाय ९युएन विमेन० ले एक लाख महिला तथा बालबालिका रहेको अनुमान गरेको छ । गाजाको सम्पूर्ण जनसङ्ख्यामध्ये लगभग २२ लाख व्यक्ति सङ्कटमा वा तीव्र खाद्य असुरक्षाको मारमा रहेको अनुमान गरिएको छ ।
युएन वुमनको अनुमानमा द्धन्द्धमा कम्तिमा तीन हजार महिला विधवा वा घरपरिवार विहिन भएका अनुमान गरिएको छ । यसैगरी कम्तिमा दश हजार बच्चाहरूले आफ्नो पिता गुमाएका हुन सक्ने विवरणमा बताइएको छ ।
महिला र बालबालिका द्वन्द्वको पहिलो सिकार हुने तथा उनीहरूलाई लक्षित गरी शान्ति खोज्नु आफ्नो कर्तव्य भएको फेरि एकपटक प्रमाणित गरेको संयुक्त राष्ट्रसङ्घीय महिला कार्यक्रमकी कार्यकारी निर्देशक सिमा बाहुसले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विगत १५ वर्षमा प्यालेस्टिनी राष्ट्रिय प्राधिकरण क्षेत्रमा मारिएका सबै नागरिकमध्ये दुई तिहाइ पुरुष रहेका छन् । यसैगरी १४ प्रतिशतभन्दा कम महिला तथा बालिकाहरू रहेका छन् । तर पछिल्लो १०० दिनमा समयमा मृत्यु हुनेमध्ये ७० प्रतिशत महिला र बालबालिका रहेका छन् । प्यालेस्टिनी जनतालाई परेको आघातले हामी सबैलाई आउँदो पुस्तासम्म सताउनेछ ।”
–युद्ध अन्त्य गर्न आग्रह–
गाजाका महिला र केटीहरूको अवस्थाप्रति शोक व्यक्त गदै सबै महिला तथा बालबालिकाहरूलाई महत्वपूर्ण सहायता र सेवाहरूको प्रावधानसहित गाजामा रहेका सबैका लागि तत्काल मानवीय युद्धविराम र निर्बाध मानवीय पहुँचका लागि बाहुसले आग्रह गर्नुभयो । यो शान्तिको समय भएको बताउदैै सबै इजरायली र प्यालेस्टिनी महिला र बालबालिकाप्रति आफु ऋणी रहेको बताउनुभएको छ । उहाँले उनीहरूले अबका दिनमा यसको मूल्य चुकाउनु नपर्ने बताउनुभएको छ ।
प्रतिवेदन अनुसार बढ्दो वैमनस्यता हुँदाहुँदै पनि महिला नेतृत्व र महिला अधिकार सङ्गठनहरूले काम जारी राखेका छन् ।गाजा पट्टीमा सर्वेक्षण गरिएका करिब ८३ प्रतिशत महिला सङ्गठनहरू कम्तिमा आंशिक रूपमा सञ्चालनमा छन् । उनीहरू मुख्यतया आपतकालीन प्रतिक्रियामा केन्द्रित रहेका छन् । यद्यपि, सन् २०२३ को फ्ल्यास अपिलमा कोषको संयुक्त राष्ट्र महिला विश्लेषणले अनुसार कोषको ०।०९ प्रतिशत मात्र राष्ट्रिय वा स्थानीय महिला अधिकार सङ्गठनहरूमा आवद्ध भएका छन् ।
पछिल्लो छ महिनाको प्रतिक्रिया योजनाको माध्यमबाट, प्यालेस्टाइनमा संयुक्त राष्ट्रसङ्घका महिलाहरूले १४ हजारभन्दा बढी महिला–नेतृत्व गर्ने परिवारलाई, गाजाका सबै महिला–नेतृत्व गर्ने परिवारको एक तिहाइलाई जीवन–रक्षक सहायता प्रदान गर्दै आएका छन् ।
उनीहरू कपडा, सेनेटरी उत्पादनहरू, र बालबालिकाको लागि आवश्यक पर्ने समानको वितरणलाई सहयोग गर्दै आएका छन् । प्रतिवेदन अनुसार लैङ्गिक हिंसाका लागि लैङ्गिक–उत्तरदायी सेवाहरू प्रदान गर्न महिला नेतृत्वको संस्थाहरूसँग पनि युएन वुमनले साझेदारी गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत विस्थापित महिलाहरूका लागि आश्रय स्थलहरूमा महिला नेतृत्वको सुरक्षा र प्रतिक्रिया समितिहरू स्थापना गर्नेस र प्यालेस्टाइनमा महिला संस्थाहरूसँग नियमित परामर्श गर्ने गरिरहेको छ ।
Comments
अरु समाचार
-
भारतीय प्रधानमन्त्री मोदी बिहीबार इटाली प्रस्थान
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणको रूपमा समूह सात (जी–७) शिखर सम्मेलनमा...
-
विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोडः राष्ट्रसङ्घ
काठमाडौं । संयुक्त राष्ट्रसङ्घले युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेका छन् । संयुक्त राष्ट्रसङ्घको...
-
श्रीलङ्काका राष्ट्रपति र सार्क महासचिवबीच भेटवार्ता
काठमाडौं । परिचयात्मक परामर्श भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव गुलाम सरवारले श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेसँग...
-
राष्ट्रसङ्घीय समितिमा नेपालकी राणा निर्वाचित
काठमाडौं । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी...
-
भाजपा नेता मोदीले राष्ट्रपतिलाई गठबन्धन सम्झौता प्रस्तुत गर्ने
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा भएको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का नेता नरेन्द्र मोदीले शुक्रबार राष्ट्रपतिसँग गठबन्धन सम्झौता...
-
म्यान्मारमा पहिरोमा परी पाँच जनाको मृत्यु, सात व्यक्ति बेपत्ता
काठमाडौं । म्यानमारको खानीमा गएको पहिरोमा परी दुई चिनियाँ नागरिकसहित कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य सात जना बेपत्ता...
-
यमनमा सरकारी सेना र हुथी विद्रोहीबीच झडप हुँदा १८ लडाकूको मृत्यु
काठमाडौं । यमनको दक्षिणपश्चिम क्षेत्रमा सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीबीच भएको भिडन्तमा कम्तीमा १८ लडाकूको मृत्यु भएको सैनिक...
-
मोदीको शपथ ग्रहणमा छिमेकी मुलुकका राष्ट्र प्रमुखहरु उपस्थित हुने
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, र श्रीलङ्काका राष्ट्रपति...
-
सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण
काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना...