यस वर्षको हिउँदमा न्यून वर्षा, ठूलो वर्षाको छाँटकाँट छैन
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेपनि आजका मितिसम्म खासै वर्षा हुनसकेको छैन । हिउँदयामको यही माघ ४ गतेसम्मको प्राप्त विवरणअनुसार देशभरका २० वटा मापन स्टेशनको तथ्याङ्कमा चार दशमलव पाँच प्रतिशत मात्रै वर्षा भएको छ । देशभर कूल दुई दशमलव पाँच मिलिमिटर मात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विभूति पोखरेलले बताउनुभयो ।
‘यो औषधभन्दा निकै कम वर्षा मापन हो, यो मापन २० स्टेशनको मात्रै हो, जलवायु परिवर्तनलगायत विभिन्न कारणले यसपाली पश्चिमी वायु सक्रिय हुन सकेको छैन’, उहाँले भन्नुभयो,“ हिउँदको समय अझै बाँकी भएकाले पानी पर्ने सम्भावना भने कायम रहन्छ।
उहाँका अनुसार अहिले वर्षा हुने देखिएको छैन । मङ्सिर १५ देखि फागुन १७ गतेसम्मको अवधि हिउँदयाम हो । यस अवधिमा हुने सरदर वर्षा ६०दशमलव एक मिलिमिटरलाई औषत वर्षा मानिएको छ । सूचना अधिकारी पोखरेलले अहिलेसम्म वर्षा कम भयो भनेर यो यामभरीकै विष्लेषण गर्ने बेला भने नभएको बताउनुभयो ।
यसपाली नेपालमा मात्रै होइन भारतको हिमालयन क्षेत्रमा पनि प्रक्षेपण नमिलेको बताउँदै उहाँले जलवायु परिवर्तनको असरलगायत कारण वर्षामा असर पारिरहेको जिकिर गर्नुभयो । मुख्य त पश्चिमी वायुको असरले नै वर्षा गराउने हो । अहिलेसम्म सक्रियरुपमा वर्षा देखिनु पर्ने हो तर देखिएको छैन । पछिल्लो हप्ता चिसो भने बढेको उहाँले बताउनुभयो ।
यसरी वर्षा नहुनु भनेको विश्वकै लागि एउटा चुनौती भएको पनि विभागले जनाएको छ । यो याममा मात्रै होइन वर्षाका बेलामा पनि मौसम घटबढ देखिएको उहाँले बताउनुभयो ।उक्त विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक असर परिरहेको छ ।
आउँदो २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । साथै तराईका अधिकांश स्थानमा हुस्सु÷कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा असर पर्न सक्ने जनाइएको छ । त्यसबाट हुनसक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन माहाशाखाले अनुरोध गरेको छ ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...